• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अवैध सामान सहित एक जना पक्राउ

राजविराज, ११ जेठ । सप्तरीको ईलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी गस्ती टोलीले अवैध सामानसहित एक युवालाई पक्राउ गरेको छ ।
प्रहरी नायब निरीक्षक सहितको प्रहरी गस्ती टोलीले अवैध रुपमा भन्सार छलेर लुकाई छिपाई लैजादै गरेको अवस्थामा छिन्नमस्ता गाउँपालिका वडा नम्वर २ का २० वर्षिय युवकलाई पक्राउ गरिएको हो । पक्राउ परेका युवकलाई अवैध सामानसहित आवश्यक कार्वाहीकालागि भन्सार कार्यालय पठाएको छ ।
रक्सी, सूर्ती, खाने तेल, चिनी समेत गरी ८ लाख ६४ हजार पाँच सय रुपैयाँ बराबरको सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी सप्तरीको छिन्मस्ता गाउँपालिका वडा नम्वर २ महुवा स्थित अबैध रुपमा नेपालबाट भारततर्फ लादै गरेको मामाश्री नामक २० कार्टुन मदिरा ईलाका प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।