• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भारदह र राजविराजमा ५० शैय्याको कोभिड–१९ अस्पताल

भारदह र राजविराजमा ५० शैय्याको कोभिड–१९ अस्पताल

राजविराज, ७ जेठ । सप्तरीको दुई स्थानमा प्रदेश नम्वर २ सरकारले कोभिड–१९ अस्पताल सञ्चालन हुने भएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले दिएको जानकारी अनुसार सप्तरीको राजविराज र भारदहमा ५० बेडको कोभिड–१९ अस्पताल सञ्चालन हुने भएको हो । राजविराज नगरपालिका स्थित साईकृष्णा मेडिल राजविराजको हाता र हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर–१ स्थित भारदह अस्पतालमा ५० बेडको अस्पताल सञ्चालनको तयारी थालिएको छ ।
यसैगरी सिरहाको महेन्द्र गेनाई अस्पतालमा ३० बेड, रौतहटको गौर नर्सिङ ईन्ष्टिच्युट गौरमा ३० बेड, महोत्तरीको बर्दिवास अस्पतालमा ५० बेड, सर्लाहीको सन्तअल्प माई रामनारायण यादव कलेज मलङ्गवामा २५ बेड, पर्साको पोखरिया अस्पतालमा २५ बेडको अस्पताल सञ्चालन हुने भएको छ । प्रदेश सरकारले निर्णय गरेको उक्त स्थानहरुमा काम अगाडि बढाउन प्रक्रिया थालिएको मन्त्री साहले जानकारी दिएका छन् ।