• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रदेशमा २ मा कोरोना १ सय ३१ संक्रमित

राजविराज, ५ जेठ । प्रदेश नम्वर २ मा मात्रै कोभिड १९ कोरोना भाइरस संक्रमितको संख्या एक सय ३१ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार बेलुकीसम्मको अपडेट एक दिनमा मात्रै ९ जना संक्रमित थपिएको छ । जसमध्ये रौतहटमा ८ र बारामा एक जना रहेका छन् । प्राप्त विवरण प्रदेशमै सर्वाधिक पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या ८८ रहेको छ । सबभन्दा कम अर्थात एक–एक जना संक्रमित सप्तरी र सिरहामा रहेको छ ।
धनुषामा ५, महोत्तरीमा ४, सर्लाहीमा ३, रौतहटमा २१ र बारामा ५ जनामा कोरोनाको संक्रमण पाईएको छ । यसैगरी विभिन्न स्थानमा अन्य ३ जना समेत रहेका छन् । हालसम्म ५ हजार ५ सय ८५ जनाको स्वाब परीक्षण गरिएकोमा एक सय ३१ जनामा संक्रमण देखिएको छ ।