• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लुम्बिनी विकास बैंकद्वारा रुपनी गापालाई राहत सामग्री

लुम्बिनी विकास बैंकद्वारा रुपनी गापालाई राहत सामग्री

राजविराज, ४ जेठ । लकडाउनका कारण दैनिक मजदूरी गर्ने एवम् अति विपन्न ब्यक्तिहरुलाई वितरण गर्न सप्तरीको लुम्बिनी विकास बैंकले आइतवार राहत सामग्री उपलब्ध गराएको छ ।
लुम्बिनी विकास बैंक रुपनी शाखाद्वारा रुपनी गाँउपालिकाकालाई एक हजार एक सय ८६ के.जी. सोना मन्सुली चामल (२५ के.जी. को ७१ बोरा र ११ के.जी. को १ बोरा) उपलब्ध गराईएको हो । उक्त राहत सामग्री गाउँपालिकाका अध्यक्ष हरेराम यादवलाई रुपनी शाखाका प्रबन्धक विनोद थापाले हस्तान्तरण गरेका छन् ।