Top_Header_Right_Add

भारदह अस्पताललाई विभिन्न सामग्री हस्तान्तरण

भारदह अस्पताललाई विभिन्न सामग्री हस्तान्तरण

राजविराज, २ जेठ । युनिसेफ क्षेत्रीय कार्यालय जनकपुरधामको सहयोगमा सप्तरीको भारदह अस्पताललाई कोभिड १९ (कोरोना भाइरस)को संक्रमणबाट जोगिन तथा रोकथाम गर्न शुक्रवार विभिन्न सामग्रीहरु उपलब्ध गराईएको छ ।
प्रदेश सरकार, प्रादेशिक खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति प्रदेश नम्वर २ जनकपुरधामको समन्वयमा सप्तरी सामुदायिक विकास केन्द्रद्वारा सामग्रीहरु उपलब्ध गराईएको हो । अस्पताललाई ह्याण्ड वासिङ्ग स्टेशन सेट ४ थान, सर्जिकल मास्क ९ सय पिस, स्यानिटाइजर ८० पिस, हात धुने साबुन ५ सय पिस, ह्याण्डवासिङ्ग लिक्विड ३० पिस, ब्लिचिङ्ग पाउडर २ बोरा केन्द्रका अध्यक्ष शम्भुनन्द चौधरीले अस्पतालका प्रमुख डा. कुन्दन ठाकुरलाई हस्तान्तरण गरेका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer