राजविराज, ३१ वैशाख । कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म विश्वभरिमा २ लाख ८५ हजार ३ सय २८ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार ४१ लाख ३९ हजार ७ सय ९४ जना कोरोना संक्रमित रहेको रहेको छ । नेपालमा हालसम्म २ सय १९ जनामा कोरोना भाइरसको संक्रमण रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । हालसम्म २१ हजार ३ सय ४० जनाको पिसिआर परीक्षण गरिएको छ । यसैगरी आरडिटी परीक्षण ६० हजार ३ सय १९ जनाको आरडिटी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
आइसोलेसनमा २ सय ४५ जना, क्वारेन्टाइनमा १४ हजार ३ सय १३ जना संक्रमण नदेखिएको सङ्ख्या २१ हजार एक सय २१ जना तथा संक्रमित भई निको भएर घर फर्कनेहरुको सङ्ख्या ३५ जना रहेका छन् ।