• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
गनासिं अस्पताललाई विभिन्न सामग्री सहयोग

राजविराज, ३१ वैशाख । प्रदेश सरकार प्रादेशिक खानेपानी तथा स्वच्छता समन्वय समिति प्रदेश नम्वर–२ जनकपुरधामको समन्वय तथा युनिसेफको सहयोगमा विभिन्न सामग्रीहरु राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताललाई उपलब्ध गराईएको छ ।
सप्तरी सामुदायिक विकास केन्द्रको समन्वयमा कोभिड १९ कोरोना भाइरस संक्रमणबाट बच्न तथा रोकथामकालागि बुधबार सामग्रीहरु उपलब्ध गराईएको हो । ह्याण्ड वास स्टेशन ४ सेट, सर्जिकल मास्क दुई हजार पिस, डिस्पोजेबल ग्लोभ्स दुई हजार पिस, स्यानिटाइजर एक सय बोतल, हात धुने साबुन एक हजार पिस, हात धुने लिक्विड एक सय पिस, बिलिचिङ्ग पाउडर दुई बोरा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासलाई उपलब्ध गराईएको छ ।