सप्तरी, २९ वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिका नम्वर–३ मा एक युवकमा कोरोना पोजेटिभ पाईएको छ ।
स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले १८ वर्षिय युवकको स्वाब संकलन गरी वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको थियो । कोरोना पोजेटिभ पाईएका युवक चितवनमा मजदूरी गर्न गएको पाईएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । वहाँका अनुसार युवकलाई अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भईरहेको छ ।
योसहित नेपालमा कोरोना संक्रमितहरुको संख्या १२१ पुगेको छ । यता मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले युवकमा कोरोना संक्रमण रहेको पुष्टि गरेको छ ।