• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
शंकास्पद नोट प्रहरीद्वारा नालामा फालियो

राजविराज, २८ वैशाख । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–५ स्थित स्वर्ण टोलको बाटोमा एक अपरिचित व्यक्तिले १० रुपैयाँको नोट फालेर भागेको छ ।
राजविराज नगरपालिकाका उप–मेयर साधना झालको घर छेउमा आइतवार अपरान्ह एक अधबैसे पुरुषले १० रुपैयाँको नोट फालेर भागेको स्थानीयवासिन्दाले जानकारी दिएका छन् । उक्त बाटोमा नोट फालेको विषयमा जानकारी पाए लगत्तै पुगेको प्रहरी टोलीले नोटलाई उठाएर त्यहीको नालामा फालेका छन् । कागजको उक्त नोट शंकास्पद हुनसक्ने भन्दै प्रहरीले टोलीले तत्कालै वडा अध्यक्ष समिर झा समेतको उपस्थितिमा नालामा फालिएको स्थानीयवासिन्दाले जानकारी दिएका छन् ।