• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पकरी क्वारेन्टाइनमा एकै परिवारका पाँच जना

पकरी क्वारेन्टाइनमा एकै परिवारका पाँच जना

राजविराज, २६ वैशाख । सप्तरीको महादेवा गाउँपालिका वडा नम्वर– १ स्थित नर बहादुर थापा जनता माध्यमिक विद्यालय पकरी गोठ सोनरामा रहेको क्वारेन्टाईन केन्द्रमा एकै घर परिवारका पाँच जना स्वमसेवकमा खटिएका छन् ।
कोरोना व्यवस्थापन समन्वय समितिका संयोजक तथा वडाध्यक्ष जयश्वर किशोर दासका अनुसार क्वारेन्टाईन केन्द्रमा अन्य व्यक्तीले बस्न नचाहेपछि बाध्य भएर एकै घर परिवारका पाँच जनालाइ स्वमसेवकमा राख्नु परेको जानकारी दिएका छन् । उक्त क्वारेन्टाईन केन्द्रमा गाउँपालिका प्रशासकीय अधिकृत रामलखन यादवको घर परिवारका सन्तोष यादव, इन्द्रदेव यादव, कृष्णा कुमार यादव, पिन्टु यादव र सरोज यादव भाइ–भतिजा रहेका छन् ।