राजविराज, २५ वैशाख । सप्तरीको राजविराज स्थित प्रभु बैंक शाखाले गजेन्द्रनारायण सिंह अस्पताललाई पिपिई सेट लगायतका सामग्रीहरु उपलब्ध गराएको छ ।
कोरोना भाइरस (कोभिड १९)को जाँच तथा उपचारमा संलग्न चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुकालागि बुधबार पिपिई सेट ३० थान, ८ थान केएम–९५ मास्क उपलब्ध गराईएको हो । बैंकका अधिकृत सुदिप देव लगायतको टोलीले उक्त सामग्री अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास र अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झालाई हस्तान्तरण गरेका छन् ।
मेडिकल सुपरिन्टेन्डेन्ट डा. दासले अति आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेकोमा प्रभु बैंक परिवारलाई धन्यवाद दिएका छन् ।