राजविराज, २५ वैशाख । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्वर–२ सितापुर स्थित पुर्व पश्चिम राजमार्गमा विहीबार विहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अग्निसाईर कृष्णसावरण गाउँपालिका वडा नम्वर–३ का ३६ वर्षिय तरुण सरदारको मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि बसेका ३५ वर्षिय बिक्रम सरदारको टाउको तथा शरीरको बिभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका छन् ।
पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना.३ ख.६१२६ नम्बरको रोकी राखेको ट्रकमा सोही दिशातर्फ जादै गरेको स.८ प.५६२९ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई ट्रकमा ठोक्किएको थियो । मोटरसाइकलमा तरुणको उपचारकोलागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उक्त दुर्घटनाको विषयमा थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।