Top_Header_Right_Add

गैरजिम्मेवार जनप्रतिनिधीः लकडाउनको ४३औं दिनमा सदा वस्तीमा राहत

गैरजिम्मेवार जनप्रतिनिधीः लकडाउनको ४३औं दिनमा सदा वस्तीमा राहत

राजविराज, २३ वैशाख । हाम्रा जनप्रतिनिधीहरु जनताप्रति कति जिम्मेवार छन् ? जनताको दुःख पीडामा कति समवेदनशिल छन् ? यसको पछिल्लो उदाहरण बनेको सप्तरीको विष्णुपर गाउँपालिका वडा नम्वर–६ स्थित गोरगामा रञ्जितपुर वस्ती ।
गत चैत्र ११ गतेदेखि नेपाल सरकारले लकडाउनको घोषणा गरेको छ । अहिले पनि लकडाउन जारी नै छन् । लकडाउन भएको ४३औं दिन मात्र त्यहाँका जनप्रतिनिधीले स्थानीयवासिन्दालाई राहत सामग्री वितरण गरेको छ । राहत सामग्रीमा रहेको छ सोना मन्सुली उसिना चामल १५ किलो, मसुरो दाल २ किलो, तोरीको तेल एक लिटर र एक पौका नुन उपलब्ध गराएको छ । वडा अध्यक्ष बहादुर सदाको नेतृत्वमा उक्त सामग्री वितरण गरिएको छ ।
दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउँदै आएको उक्त वडाको सदा वस्तीका अधिकांश परिवारमा लकडाउन शुरु भएको एक हप्तापछि खाद्यान्न अभाव भएको थियो । कतिपय परिवारमा एक छाक मात्र चुलो बल्ने गरेको थियो । कैयौं रात सदा वस्तीका वासिन्दाहरुले नुन र मुरही खाएर जिन्दगी धान्दैआएका थिए ।
लकडाउन शुरु भएको एकसाता पछि नै राहत वितरणकालागि नामावली संकलन गरिएको थियो । यद्यपी आज भोली भन्दा भन्दै वडा अध्यक्ष लगायतका प्रतिनिधीहरु पन्छिदैआएका थिए । सदा वस्तीका एकआध वाहेकका परिवार बोनी, मजदूरी, रिक्सा चलाउने लगायतका काम गर्दैआएका छन् । लकडाउन भएपछि उनीहरुको काम नै नचलेपछि छाक टार्न समेत समस्या भएको थियो । लकडाउन अझैं लम्बियो भने राहत स्वरुप पाएको उक्त

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer