• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजदेवी टोलमा लाखौंको चोरी

राजविराज, २२ वैशाख । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–२ राजदेवी पोखरी महाड टोल स्थित राजकान्त झाको घरमा लाखौको चोरी भएको छ ।
आइतबार राती १ बजेको समयमा घरको ढोका फुटाएर दुई थान ल्यापटप, सुन ८ तोला, चाँदी २५ तोला र एक लाख रुपैयाँ नगद सहित सात लाख बरावरको चोरी भएको जनाईएको छ । घरमा कोही नभएको बेला मोका छोपेर घरमा रहेको दुई वटा दराजको लक तोडेर चोरी भएको घरमूली रिंकु झाले जानकारी दिएका छन् । आफु गजेन्द्रनारायण सिंह अस्पतालमा राती डियुटी गएको बेला चोरी भएको उनले बताईन् ।
यता चोरी भएको ठाउँ राजदेवी अस्थायी प्रहरी बिटदेखि करिब तीन सय मिटरको दूरीमा छ ।