• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मन्त्री साहद्वारा स्व. माझीको निधनप्रति दुःख व्यक्त

मन्त्री साहद्वारा स्व. माझीको निधनप्रति दुःख व्यक्त

राजविराज, २२ वैशाख । प्रदेश नम्वर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले पत्रकार मनोज कुमार माझीका आमा कमलादेवी माझीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
राजविराज स्थित स्व. पत्रकार माझीको निवासमा पुगेर उनले स्व. माझीप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद घडीमा परिवारजनलाई परेको पीडाप्रति सम्वेदना व्यक्त गरेका हुन् । उक्त अवसरमा पत्रकार माझीले शोकको घडीमा उपस्थित भई समवेदना र सद्भाव प्रकट गरेकोमा मन्त्री साहप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
मन्त्री साहसँगै हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश कुमार साह, जनता समाजवादी पार्टीका नेता सुनिल कुमार झा, युवा नेता विनोद कुमार यादव, मन्त्रीका स्वकीय सचिव राजकुमार यादव, प्रेस मञ्चका केन्द्रीय सचिव चन्दनकुमार यादवको उपस्थिति थियो । राजविराज नगरपालिका वडा नम्वर ४ निवासी पत्रकार मनोजकी आमा स्व. कमला देवीको ७८ वर्षको उमेरमा गत सोमबार ह्दयघात भएर निधन भएको थियो ।