• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

युवाहरुद्वारा अपरिचितलाई गाउँ प्रवेशमा रोक

युवाहरुद्वारा अपरिचितलाई गाउँ प्रवेशमा रोक

राजविराज, १२ वैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर २ लौनियाँका युवाहरु आफ्नो गाउँमा कोही नयाँ व्यक्तिलाई भित्रिन नदिन गाउँको सिमामा बस्ने गरेका छन् ।
उनीहरुले सडकमा तगारो राखेर विहानदेखि राति ९ बजेसम्म बस्ने गरेका छन् । उनीहरु बसेको ठाउँमा हातधुने पानी, साबुन र स्यानिटाइजर समेतको ब्यवस्था गरेका छन् । बाहिरबाट आउने ब्यक्तिहरुको नाम, ठेगाना र काम सोध्ने गरेको लौनियाका लक्ष्मण कुमार मण्डलले जानकारी दिएका छन् । उनीहरुलाई वडा कार्यालयले परिचालन गरेको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् ।