• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कोरोनाबाट जोगाउन चौतर्फी उच्च सतर्कता

राजविराज, १२ वैशाख । सप्तरीसँगै सिमा जोडिएको उदयपुर जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सप्तरीमा उच्च सतर्कता अपनाईएको छ ।
अधिकांश कोरोना संक्रमितको ट्राभल हिस्ट्री सप्तरीमै पाईएकोले सुरक्षा सतर्कता अपनाईएको हो । लकडाउनलाई पूर्ण रुपमा पालना गराउन क्याचिङ्ग डिभाइससहित नेपाल प्रहरीको पिआरटी र आरआरटी टोली परिचालन गरिएको छ ।
यता भारतबाट समेत लुकिछिपी जिल्ला प्रवेश गर्न सक्ने सम्भावना रहेकोले ७० स्थानमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले जानकारी दिए । उनका अनुसार २४औ घण्टा प्रहरी टोली उच्च सतर्कताकासाथ परिचालन गरिएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रवेश गर्ने नाकाहरुमा चौतर्फी रुपमा नेपाल सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाईएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरले जानकारी दिएका छन् । यस अतिरिक्त सम्भावित स्थलहरुलाई उच्च प्राथमिकतामा राखेर आरडिटी जाँच गराउने कार्य तीब्र रुपमा अगाडि बढाईएको छ ।