• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

स्थानीय सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

स्थानीय सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

कञ्चनपुर, ११ वैशाख । सप्तरीको तीन वटा स्थानीय सरकारलाई गैरसरकारी संस्थाहरु समन्वयमा विहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
कोरोना भाइरस उदयपुरमा तीब्र रुपमा फैलिदै गईरेको विषम् परिस्थितिमा राजगढ गाउँपालिका,बिष्णुपुर गाउँपालिका र डाक्नेश्वरी नगरपालिका हस्तान्तरण गरिएको हो । वेल्टहङ्गरहिल्फेको आर्थिक सहयोगमा आसमान नेपाल, फरवार्ड नेपाल, दलित सरोकार मञ्च र महुली सामुदायिक विकास केन्द्रको समन्वयमा संस्थाका प्रतिनिधिहरुले सामुहिक रुपमा बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादव र प्रमुख प्रशासकीय अधिकृत रंजितजंग अधिकारीको रोहबरमा आइआर थर्मोमिटर ४ वटा, सर्जिकल माक्स ६ सय, डिस्पोजेबल ग्लोभ्स १० प्याकेट, एन ९५ माक्स १५ वटा, सेनिटाइजर २०० एमएल १७ वटा र सेनिटाइजर ५०० एमएल ७० वटा लगायतका स्वास्थ्यसामग्रीहरु हस्तान्तरण गरिएको छ ।
राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादव र स्वास्थ्य शाखा संयोजक रामचन्द्र यादवको रोहबरमा आइआर थर्मोमिटर ७ वटा, सर्जिकल माक्स ६ सय, डिस्पोजेबल ग्लोभ्स ७ प्याकेट, एन ९५ माक्स १३ वटा, सेनिटाइजर २०० एमएल १७ वटा र सेनिटाइजर ५०० एमएल ७० वटा लगायतको स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
डाक्नेश्वर नगरपालिका स्वास्थ्य संयोजकको रोहबरमाआइआर थर्मोमिटर १० वटा,सर्जिकलमाक्स १ हजार ८ सय,डिस्पोजेबल ग्लोभ्स १० प्याकेट,एन ९५ माक्स ३५ वटा, सेनिटाइजर २०० एमएल १७ वटा र सेनिटाइजर ५०० एमएल ७० वटा र सेनिटाइजर १०० एमएल ८० वटा लगायतको स्वास्थ्य सामग्रीहरु वेल्टहङ्गरहिल्फेका प्रतिनिधिले हस्तान्तरण गरेका छन् ।