राजविराज, ०९ वैशाख । सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरका र्यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) देखिएका ७१ वर्षीय वृद्धको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
सोमबार साँझ आएको पिसिआर रिपोर्टमा उनीसहित परिवारका अन्य दुई सदस्यको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख दुनियालाल यादवका अनुसार उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि आइतबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । यसैगरी, आइतबार पिसिआरकालागि स्वाब संकलन गरेर २२ मध्ये अन्य १८ जनाको पनि रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।