• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

एकैदिन १४ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

एकैदिन १४ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

राजविराज, ०५ वैशाख । नेपालमा शुक्रवार मात्रै १४ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । उदयपुर जिल्लामा १२ जना र चितवन जिल्लामा दुई कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका ८ का आमा छोरा हुन् । अन्य १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् ।