• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विचल्लीमा परेकाहरुलाई गन्तव्यसम्म पुर्याईयोस्ः अध्यक्ष यादव

विचल्लीमा परेकाहरुलाई गन्तव्यसम्म पुर्याईयोस्ः अध्यक्ष यादव

राजविराज, ५ वैशाख । समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले घर जान चाहने वा पैदल हिंडी बाटोमा बिचल्लीमा परेकाहरुलाई घरसम्म पुर्याउने व्यवस्था मिलाउन माग गरेका छन् ।
उनले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै पीडामा परेका गरीब जनतालाई सहायता नगर्नु दुःखको कुरा भएको भन्दै यस्तो अवस्थामा सरकारले उनीहरूकालागि बास, खाना, दवाई आदि सहयोग गर्नु र घर जान चाहने वा पैदल हिंडी बाटोमा बिचल्लीमा परेकाहरुलाई घरससम्म पुर्याउन माग गरेका हुन् । तराई–मधेश लगायत देशको विभिन्न ठाउँबाट काठमाण्डौ आएर मजदूरी गरिरहेका गरिब मजदूरहरू, सानातिना कारोवार गरी डेरामा बसिरहेकाहरू, घरेलु कामदार लगायतका सर्वसाधारणलाई दैनिक जिविका चलाउन नसकेर राजधानी छाडी घर जान लागेका असहाय तथा निरिह गरीब जनतालाई सरकारले आवश्यक सहयोग गर्न असफल भएको समाजवादी पार्टीका अध्यक्ष यादवद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।