• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मानव अधिकार अवस्था अनुगमन समितिको अध्यक्षमा जितेन्द्र खड्गा

मानव अधिकार अवस्था अनुगमन समितिको अध्यक्षमा जितेन्द्र खड्गा

राजविराज, ४ वैशाख । कोरोना भाइरस कोभिड १९ को सन्दर्भमा सप्तरी जिल्लामा मानव अधिकार अवस्था अनुगमन समिति विहीबार गठन गरिएको छ ।
समितिको संयोजकमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गालाई चयन गरिएको हो । समितिको सदस्यमा सरोकारवालाको रुपमा गैरसरकारी संस्था महासंघका अध्यक्ष शम्भुनन्द चौधरी र जिल्ला बार एसोसिएसन सप्तरीका अध्यक्ष डोमन साह रहेका छन् । विहीबारै सम्पन्न बैठकले मानव अधिकारकर्मी आभासेतु सिंह र पत्रकार चन्दन यादवलाई मनोनयन गरेको छ ।
सोही बैठकले कोभिड १९ को सन्दर्भमा मानव अधिकार अवस्था अनुगमन समिति गठन गरेको राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ गैरसकारी संस्था महासंघ समेतलाई धन्यवाद ज्ञापन गरेको छ ।