• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

लकडाउनमा पनि रोकिएन लागुऔषधको कारोवार

लकडाउनमा पनि रोकिएन लागुऔषधको कारोवार

बोदे बरसाईन, ०३ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण तथा रोकथाम गर्न सरकारले भारतसँगको सिमानाका बन्द गरेको दावी गरिरहेका छन । भाइरसबाट बच्न तथा बचाउनकालागि मुलुक नै वन्दाबन्दी (लकडाउन) छ भने लकडाउनले अत्यावश्यक बाहेक सवै कामकाज ठप्प छन । तर, यस्तो बेलामा पनि सप्तरीमा लागुऔषध कारोवार भने रोकिएको छैन ।
मंगलवार साँझ बोदे बरसाईन नगरपालिका–९ स्थित स्वर्णपट्टि नाकामा एक युवक लागुऔषधसहित पक्राउ परेपछि सो कुरा बाहिरिएको हो । भारतीय बजार लौकहीबाट लागुऔषध खरिद गरेर ल्याउँदै गर्दा खडक नगरपालिका–९ का १९ वर्षीय मो. आदिजलाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल वोर्डर आउट पोष्ट सुभरनपट्टीका प्रमुख हिमाल केसी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट कोरेक्स ३ बोतल र नाइट्रोभेट ट्याब्लेट ३० थान बरामद भएको छ । उनलाई बोदे बरसाईनको क्वारेन्टाइनमा स्वास्थ्य जाँच पश्चात इलाका प्रहरी कार्यालय बोदे बरसाईनको जिम्मा लगाएको प्रमुख केसीले जानकारी दिए ।