राजविराज, १ वैशाख। सप्तरीमा साेमवार विहान एक व्यक्तिको शव भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ स्थित पूर्व कोसीको पश्चिमी तटबन्धमा भेटिएको हाे।
हालसम्म पहिचान हुन नसकेकाे शवकाे प्रकृति हेर्दा हत्या गरेर फालेको हुनसक्ने प्रहरीको जनाएको छ । युवकको मुखमा चोट देखिएकोले थप अनुसन्धान भईरहेकाे इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनुभयाे।
तटबन्धमा रगतका छिटा समेत देखिएकोले अनुसन्धानकालागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाइएको डिएसपी मिश्रले बताउनुभयो ।