• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज वडा नम्वर–९ मा राहत वितरण कार्य जारी

राजविराज वडा नम्वर–९ मा राहत वितरण कार्य जारी

राजविराज, ३० चैत्र । लकडाउनले सर्वसाधारणको दैनिकी कष्टकर भईरहेको अवस्थामा राजविराज नगरपालिकाका जनप्रतिनीहरुले राहत वितरण कार्यलाई तिब्रता दिएका छन् ।
राजविराज नगरपालिका वडा नम्वर–९ मा गरिब, दलित एवम् विपन्नहरुको सूची सङ्कलन गरी राहत वितरण कार्य शुक्रवारदेखि तिब्रता दिईएको छ । वडामा सङ्कलित सूचीहरुमध्ये आइतवार डिहबार थान नजिकको फूलबारीमा दुई सय एकाउन्न जनालाई राहत वितरण गरिएको छ । पहिलो दिन गढिया र कोल्हट्टा टोलका २ सय ५० परिवारलाई राहत वितरण गरिएको छ । वडा अध्यक्ष शम्भु प्रसाद यादव(लाली)का अनुसार प्रति परिवार चामल १५ किलो, दाल २ किलो, खाने तेल एक लिटर र नुन एक किलो उपलब्ध गराईएको छ ।
शनिवार चैत्र २९ गते जोलहरी स्कूलमा एक सय पच्चीस र मलेठको शहिद पार्कमा दुई सय पच्चीस जनालाई राहत वितरण गरिएको छ । बाँकी रहेका स्थानहरुमा समेत राहत वितरण कार्यलाई प्राथमिकता दिईने छ ।
राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका प्रदिप कुमार यादव, नेकपाका भूपेन्द्र प्रसाद यादव, समाजवादी पार्टीका रामकिसुन यादव राजपाका रामचन्द्र यादव, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मी समेतको उपस्थिति थियो ।