• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

राजविराजकै जनप्रतिनिधिद्वारा‘लकडाउन’लाई मजाक बनाइयो (भिडियो हेर्नुस्)

राजविराजकै जनप्रतिनिधिद्वारा‘लकडाउन’लाई मजाक बनाइयो (भिडियो हेर्नुस्)

राजविराज, ३० चैत्र । मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम छैन । विश्व स्वास्थ्य संगठनले पनि नेपाल उच्च जोखिममा रहेको बताइरहेको छ । यसैक्रममा आइतबारमात्रै नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु सबै भारतीय नागरिक हुन् । स्थानीयहरुका अनुसार सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर ६ मा गत फागुन ३, ४ र ५ गते आयोजित मुस्लिम धार्मिक सम्मेलन (इज्तिमा)मा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि नै भारत फर्केका छैनन् । उनीहरु १३ दिनदेखि पर्साको वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका थिए । यसबीच उनीहरुको संसर्ग को–कोसँग भए र उनीहरु कहाँ कहाँ गएको स्थानहरुबारे यकिन हुन सकेको छैन । यी कुराहरु पहिचान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले ‘कन्ट्याक्ट ट्रेकिङ्ग’ गर्ने कार्य भईरहेको जनाएको छ ।
यी सबै कुरालाई आधार मान्ने हो भने सप्तरीमा पनि उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ नै । जसको एकमात्र विकल्प हो, अत्यावश्यक कामले बाहिर निस्ँिकदा समेत सामाजिक दुरी कायम गर्नु आवश्यक छ । त्यसैकालागि सरकारले ‘वन्दावन्दी’ (लकडाउन) आह्वान गरेको छ । र सवैलाई घरमै बस्न आग्रह समेत गरिएको छ । तर, सप्तरी सदरमुकाम राजविराजकै जनप्रतिनिधिहरुले भने लकडाउनलाई मजाक बनाईरहेको छ । जबकि लकडाउनलाई कार्यान्वय गर्न गराउन जनप्रतिनिधिहरुको अहम भुमिका हुनुपर्ने हो । आइतवार राजविराज नगरपालिका वडा नम्वर ४ को कार्यालयले अति विपन्न, अपाङ्ग, एकल महिला लगायत ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई गरेको राहत वितरणको क्रममा लकडाउनको ख्याल नै गरिएको छैन ।
सामाजिक दुरी कायम गरेर राहत वितरण लगायतका अन्य आवश्यक काम गर्नुपर्नेमा वडा कार्यालयले लकडाउनलाई उल्लघंन गरी अवस्थित रुपमा गरिरहेको राहत वितरण कार्य प्रति स्थानीयहरु समेत असन्तुष्टि जनाइएको छ । उनीहरुले सामाजिक दुरीलाई ख्याल गरेर राहत वितरण गर्न सुझाव समेत दिएका हुन् ।