• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

बोदे बरसाईनमा किटनाशक औषधी छर्कन थालियो

राहतकालागि विवरण संकलन कार्य अन्तिम चरणमा पुुगेको छ : नगर प्रमुख यादव
बोदे बरसाईनमा किटनाशक औषधी छर्कन थालियो

बोदे बरसाईन, ३० चैत्र । सप्तरीको बोदे बरसाईन नगरपालिकाले नगर क्षेत्रभरि किटनाशक औषधी छर्कन सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथामकालागि नगर क्षेत्रभरि सरसफाईकासाथै किटनाशक औषधी छर्कन सुरु गरिएको हो ।
नगरमा रहेको १० वटै वडाको टोल–टोलमा किटनाशक औषधी छर्किने थालिएको नगर प्रमुख आतेशकुमार सिंहले जानकारी दिए । ‘शनिवारबाट हामीले नगरमा किटनाशक औषधी सुरु गर्यौ’ उनले भने–‘यसकासाथै सरसफाई र भाइरसबाट बच्न तथा बचाउनकालागि स्यानिटाइजर, सावुन, मास्कहरु वितरण गरिसकेका छौं।’ यसैगरी ‘लकडाउन’का कारण ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई राहत उपलब्ध गराउन प्रत्येक वडामा विवरण संकलन कार्य भईरहेको नगरपालिका कार्यालयले जनाएको छ । ‘प्रत्येक वडाका गरिब, विपन्न, अपाङ्ग, एकल महिला लगायत ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई राहत वितरण गरिनेछ’ नगर प्रमुख यादवले–‘जसकालागि विवरण संकलन कार्य अन्तिम चरणमा पुगेको छ ।’
उनका अनुसार प्रति वडाका त्यस्ता ३ सय परिवारलाई १५ किलो चामल, २ किलो दाल, एक किलो नून र एक लिटर खानेतेल वितरण गरिनेछ ।