राजविराज, ३० चैत्र । नेपालमा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै आइतवारसम्म भाइरस संक्रमित व्यक्तिको संख्या १२ जना पुगेको हो ।
पछिल्लो पटक पर्साको वीरगन्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा बसिरहेका ३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । यी तीनैजना भारतीय नागरिक रहेको जनाएको छ ।
आइवारसम्मको पछिल्लो तथ्याङ्कअनुसार संक्रमितमध्ये १ जना निको भएको छ भने अन्य सवै उपचारार्थ अस्पतालमा छन । हालसम्म ४ हजार ४ सय २९ जनाको परिक्षण गरिएको छ भने ४ हजार ४ सय १७ जनामा संक्रमण नदेखिएको मन्त्रालयको तथ्याङ्कमा छ । ८२ जना आइसोलेसनमा रहेको जनाएको छ ।