• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेश ईन्जिनियर्स एसोसिएसन सिरहाको अध्यक्षमा ई. तेजनारायण

मधेश ईन्जिनियर्स एसोसिएसन सिरहाको अध्यक्षमा ई. तेजनारायण

राजविराज, २६ चैत्र । नेपाल सरकारद्वारा गरिएको लकडाउनलाई मध्यनजर गर्दै टेलिफोन सम्वाद, सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र भिडियो कन्फरेन्स मार्फत मधेश ईन्जिनियर्स एसोसिएसनको सिरहा जिल्ला समिति गठन गरिएको छ ।
ई. तेजनारायण यादवको अध्यक्षतामा ४६ सदस्यी समिति गठन गरिएको हो । एसोसिएसनका केन्द्रिय अध्यक्ष ई. संजिवनारायण यादव र वरिष्ठ उपाध्यक्ष अविनास कुमार मण्डलद्वारा प्रेषित विज्ञप्ति अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा ई. धनेश्वर यादव, उपाध्यक्षमा जिबछ साह, महासचिवमा ई. प्रमोद कुमार साह, सचिवमा ई. विनोद अधिकारी, सह–सचिवमा ई. जमाल अन्सारी, कोषाध्यक्ष ई. सुरेशचन्द्र यादव, सहकोषाध्यक्षमा ई. रुपेश कुमार साह रहेका छन् । समितिको सदस्यमा ई. अरबिन्द कुमार सिंह, ई. ललित यादव, ई. हरिकृष्ण यादव, ई. सन्तोष महतो, रमेश यादव, ई. शैलेन्द्र कुमार यादव, ई. अजय महरा, ई. मुकेश यादव, ई. हिरेन्द्र महतो, ई. गिरधारी दास, ई. श्रवण यादव, ई. दिपेन्द्र मेहता, ई. सुजित कुमार साह, ई. बमबम यादव लगायतका छन् ।