• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लागुऔषधसहित चार युवक पक्राउ

राजविराज, २६ चैत्र । सप्तरीमा लागुऔषधसहित ४ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुलाई मङ्गलवार राति हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ कोशी ब्यारेजबाट नियन्त्रणमा लिएको हो ।
सप्तरीकै कंचनरुप नगरपालिका वडा नम्वर २ बरमझियाका २९ वर्षीय सुरज साह, वडा नम्वर ८ रुपनगरका ३२ वर्षीय दिपेन्द्र क्षेष्ठ, वडा नम्वर ५ का २१ वर्षीय संजय साह र वडा नम्वर १ का १९ वर्षीय कालु साहलाई नियन्त्रण लिएको छ ।
विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले स३प ३०१०, को७प ९३२ र बा४३प ४६१४ नम्वरको मोटरसाइकलमा सवार भई गईरहेको युवकहरुलाई चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध बरामद भएको हो । नाईट्राभेट ट्याबलेट १९ थान र डाईलेक्स सिरफ ६ थान उनीहरुको साथबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी तिलक भारतीले जानकारी दिए ।