मिरा शाह
मौसम परिवर्तनसँगै विभिन्न रोगहरु पनि सक्रिय हुन थाल्दछ । गर्मी महिनामा मौसम परिवर्तन हुँदा सबैको शरिरको तापक्रममा विभिन्न उतार–चढाव हुन सक्ने हुन्छ । संक्रमण, रोग, झाडापखाला, ज्वरो, रुघाखोकी आदि हुन्छन् । हार्मो शरिरको तापक्रम सन्तुलित राख्न, त्यस्तै किसिमको खानेकुराहरु खानुपर्ने हुन्छ, जुन शीतलता प्रदान गर्नुको साथै रोग संग लड्ने क्षमता बढाउने खानेकुरामा समेत ध्यान पुर्याउन सक्नुपर्छ ।
गर्मी महिनामा शरिरमा पानीको कमी हुन नदिन, शितलता प्रदान गर्ने खालको खानेकुरामा विशेष ध्यान दिनुपर्छ । यसको साथै शरिरमा रोग लाग्न नदिन रोग प्रतिरोधात्मक शक्ति उत्पादन गर्ने खानेकुरा, दैनिक रूपमा भोजनमा समावेश गर्नुपर्छ । यो बेलामा संक्रमण बढी हुन सक्ने सम्भाव्यता हुन्छन् ।
शरिरलाई स्फुर्ति तथा शीतलता प्रदान गर्ने खानेकुराहरु तल उल्लेख गरिएको छ ः
१. खरभुजाः गर्मी मौसमकोलागि अति नै उपयोगी फलफूलमा खरभुजा शरिरमा शीतल प्रदान गर्ने, इनर्जी, रोगप्रतिरोधात्मक शक्ति बढाउने आदि काम गर्दछन् । यसमा ९१.४५ प्रतिशत पानीको मात्रा रहेको छ्, जुन हाम्रो शरिरको लागी अति नै महत्वपूर्ण हो । शरिरको अनावश्यक तौल नियन्त्रण गर्न, तिर्खा मेटाउन समेत मूख्य भुमिका रहेको पाइन्छ । यो सस्तो, सहजै पाइने हुँदा दैनिक खाजामा समावेश गर्न सजिलो हुन्छन् ।
२. दही÷मोहीः दही वा मोही, लस्सी गर्मी महिनाकोलागि एकदम उपयोगी, सस्तो र सबै ठाउँमा पाइने गरिन्छ । यो पेट, आन्द्राको सम्पूर्ण स्वास्थ्यकोलागि हो, यसमा पाइने प्रोबाओटिक नामको ब्याक्टेरिया जुन पाचन प्रणालीमा सहयोग गर्नुकोसाथै पेटको जिवाणुलाइ नाश गर्ने काम गर्दछन् । साथै गर्मीमा शीतलता प्रदान गर्दछ । यसको विभिन्न परिकार बनाएर सेवन गर्न सकिन्छ ।
३. नरिवल पानीः यसमा बिभिन्न प्रकारको खनिज तत्व, इसेन्सिएल एमिनो एसिड, आदि भरपुर मात्रामा पाइन्छ । यो गर्मीमा मात्रै नभई जुन बेला पनि, जुनसुकै रोगमा सेवन गर्न सकिन्छ ।
४. हरियो सागपात तथा तरकारीः यो दैनिक भोजनमा समावेश गरिन्छ । यसमा विभिन्न प्रकारको पोशाक तत्व पाईन्छ । जुन विभिन्न रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्दछन् । साथै कब्जियत आदिको नियन्त्रणमा समेत फायदा पुर्याउने काम गर्दछ । ब्रोकाउली, काउली, कोसा, रायो, तोरी साग आदि, माौसमी तरकारीहरु सेवन गर्न साकिन्छ । काक्रो, आदि सलाद्को रूपमा प्रयोग गर्न सकिन्छ । यसमा भएको पानीको मात्रा शरिरको तापक्रमलाई नियन्त्रणमा राख्न मद्दत गर्दछन् ।
पुदिना, जुन गर्मी महिनामा पेय पदार्थको रूपमा प्रयोगमा ल्याईन्छ। कागति, अदुवा , पुदिना पानीमा सर्बतको रूपमा गर्मीमा नियमित सेवनले शरिरमा भएको बिकार नश्ट पार्न सहयोगको साथै शीतल प्रदान गरने काम गर्दछन् ।
५.प्याज÷लसुनः यो स्वाद मात्र नभई पेटको जिवाणुहरु मार्ने कामको साथै रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछन् । यो एन्टी एलर्जी पनि हो । गर्मीमा हुने, वाकवाकी लाग्ने, खान नरुच्ने, आदि समस्याबाट निर्मूल पार्ने काम गर्दछन् । यो घामको एलर्जीबाट समेत फायदा पुर्याउने काम गर्दछन् ।
अहिले कोरोना भाइरसको त्रासले गर्दा हामी धेरै नै आतिएको छौ, तर समयमा, सचेत भयो भने धेरै संक्रमण बाट जोगिन सक्छौ । अहिले यस्तो बेलाना शाकाहारी भोजन नै स्वस्थको लागी उचित हुन्छ । काँचो खानेकुरा कुनै पनि सेवन नगरौ, फलफुल खाए पनि माथिको बोक्रा निकालेर खाने गरौं ।
तल केही एन्टी अक्सिडेन्टले भरिपूर्ण भएको खानेकुराहरु उल्लेख गरिएको छ ।
डार्क चकलेट, यसमा पाइने एन्टी अक्सिडेन्ट जुन रोगसँग लड्न मद्दत गर्दछ । यो मुटुकोलागि, रक्तचाप नियन्त्रण गर्न समेत उपयोगी हुन्छ । इस्टरोबेरि, यो पोशाक तत्वले भरिपूर्ण छ । विभिन्न भिटामिनले भरिएको रोगप्रतिरोधात्मक क्षमता बढाउने काम गर्दछ । भीटामिन ए, सी, पाइन्छ । यसमा एन्थोकाइनिक नामको एन्टिअक्सिडेनट पाइन्छ । अहिले आफ्नो व्यक्तिगत सरसफाइ, आदिमा ध्यान दिनुपर्ने हुन्छ । छालाको सम्पर्कबाट टाढा नै बस्नु पर्छ । सकभर घरमा सबैले आफ्नो रुमाल, चप्पल, लुगा व्यतिगत मात्र लाउनु पर्छ । शरिरलाई चाहिने प्रयाप्त मात्रामा पानी, झोल पदार्थको सेवन, शाकाहारी भोजन, हरियो सागपात, तरकारी , फलफुल आदिको प्रयोग गर्नुपर्छ । खानु अगाडि र पछाडी साबुन पानीले हात सफा गर्नुपर्छ ।
भिडभाडमा जाँदा मास्कको प्रयोग भन्दा पन्जाको पनि उतिकै प्रयोग गर्नु बेस हुन्छ । नियमित योग गरौ, ब्यायाम समयमा सुत्ने, उठ्ने बानी गरौं । पानीको मात्रा बढी गर्नुपर्छ शरिर सुक्खा हुनु भएन, रुघाखोकि लागदा , बढी ज्वरो आदि आएमा तुरुन्त नजिकको स्वास्थ्य चौकी जानू पर्छ । चिकित्सकको सल्लाह अनुसार मात्र औषधिको प्रयोग गर्नुपर्छ ।
(लेखक शाह, कीर्तिपुर बर्न अस्पतालमा पोषणविज्ञको रुपमा कार्यरत छिन् ।)