• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

बाेदे बरसाईन नगर व्यापार समितिद्वारा खाद्यान्न वितरण

बाेदे बरसाईन नगर व्यापार समितिद्वारा खाद्यान्न वितरण

उमेशकुमार साह
बाेदे बरसाईन, २३ चैत्र । सप्तरीको बाेदे बरसाईन नगर व्यापार समितिले अाईतवार विपन्न तथा असहाय परिवारलाई खाद्यान्न वितरण गरेकाे छ।
लकडाउनका दैनिकी कष्टकर बनेका बाेदे बरसाईन नगरपालिका वडा नं.५ का १ सय १० विपन्न तथा असहाय परिवारलाई खाद्यान्न वितरण गरिएको हाे। समितिले बजारबाट जम्मा गरेर वडाका विपन्न तथा असहाय, अपाङ्ग, एकल महिलासहितका परिवारलाई ५ किलो चामल, अालु र नून १-१ किलाे तथा अाधा किलाे दाल उपलब्ध गराएको समितिका सचिव अनिल प्रसाद सिंहले बताए। साे वडाका वडाअध्यक्ष माे. मजेबुल रहमान, समितिअावद्ध पदाधिकारी, इलाका प्रहरी कार्यालय बाेदे बरसाईनका ईन्चार्ज चन्द्र बहादुर केरुम, सशस्त्र वेश क्याम्प बोदे बरसाईनका ईन्चार्ज हिमाल केसी लगायतका व्यक्तिहरुकाे राेहबरमा खाद्यान्न वितरण गरिएको जनाएको छ।