• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्निसाईर कृष्णासवरन गाउँपालिकाले श्रमिकलाई राहत उपलब्ध गराउने

अग्निसाईर कृष्णासवरन गाउँपालिकाले श्रमिकलाई राहत उपलब्ध गराउने

बृजमान तामाङ
बिरेन्द्र बजार, २१ चैत । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाले श्रमिक बर्ग तथा असहायहरुलाई राहात उपलब्ध गराउने निर्णय गरेको छ ।
गाउँपालिकामा बिहिवार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले संघीय सरकारको मापदण्डको आधारलाई सामान्य संशोधन गरि राहात प्याकेज बनाई गाउँपालिकाका चार हजार परिवारलाई वितरण गर्ने निर्णय गरेको छ ।
बैठकले तत्काललै वडा स्तरिय लक्षित समूह पहिचान तथा राहात बितरण समिति गठन गरि राहत वितरण शुरु गर्ने तथा सो समिति गठनका लागि नेपाल सरकारको मापदण्ड संगै स्थानीय संघसंस्था, पत्रकारलाई समितिमा समाबेश गर्ने निर्णय गरेको छ । राहत प्याकेजका लागि गाउँपालिकाले ६० लाखको राहत कोष समेत खडा गरेको छ ।
कोषमा प्रदेश २ सरकारको दस लाख, संघीय सरकारको १५ लाख र अन्यसंघसंस्था एबम दाताहरुद्वारा प्राप्त रकमलाई समेत थप गरि राहत बितरण कार्यलाई प्रभावकारी तथा पारदर्शी बनाउने निर्णय भएको समाजवादी पार्टीका गाउँपालिका अध्यक्ष रामदेव यादवले जानकारी दिए । बैठकमा उपाध्यक्ष मिना चौधरी, वडा अध्यक्षहरु, राष्ट्रिय स्तरका राजनैतिक दलका प्रतिनिधिहरु, वितियसंस्था, सहकारी संस्था, बैंकका प्रतिनिधि, सुरक्षाकर्मीहरु, सञ्चारकर्मीहरु सहभागी थिए ।