• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

बोदे बरसाईन नपाका दर्जनौं पसल अनिश्चितकालकालागि बन्द

बोदे बरसाईन नपाका दर्जनौं पसल अनिश्चितकालकालागि बन्द

राजविराज, ९ चैत्र । भारतको विहार राज्यमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै सप्तरीको बोदे बरसाईन नगरपालिकाले उच्च सतर्कता अपनाएको छ ।
विहारसँग खुल्ला सिमाना जोडिएको सो नगरपालिकामा दर्जनौं पसलहरु अनिश्चितकालकालागि बन्द गरिएको छ । भाइरसको संक्रमणबाट जोगिनकालागि नगरपालिकाभित्र पसलहरु बन्द गरिएको नगर प्रमुख आतेशकुमार सिंहले जानकारी दिएका छन ।
उनका अनुसार नगरपालिकामा रहेको पान पसल, माछा–मासु, सैलुन तथा होटेलहरु अनिश्चितकालकालागि बन्द गरिएको छ । साथै अत्यावश्यक बोहक सवै किसिमका भोज भतेर, हाट बजार, गोष्ठी–भेला नगर्न सम्पूर्ण नगरवासीहरुमा अपिल गरिएको जनाएको छ ।