वृजमान तामाङ
विरेन्द्र बजार, ९ चैत्र । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाले डेढ हप्तासम्म अति आवश्यक बाहेकका सम्पुर्ण सेवा ठप्प गरेको छ ।
नोभल कोरोना भाईरस (कोभिड–१९) को जोखिम बढेसंगै गाउँपालिकाद्वारा सम्पुर्ण सेवा ठप्प पारेको हो । गाउँपालिकाले आईतवार सूचना जारी गर्दै चैत ९ देखि २१ गतेसम्म सेवा ठप्प गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले जारी सूचनाअनुसार स्वास्थ्य शाखा तथा मातहतका स्वास्थ्य चौकीहरु, बर्थिङ सेन्टर, सरसफाइ शाखा तथा सो सँग सम्बन्धित कार्यहरू बाहेको सबै सेवा ठप्प रहने उल्लेख छ ।
कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि लामोदुरीबाट आउने सवारी साधनका यात्रुहरूको स्वास्थ्य जाँचका लागि जण्डोल स्थित होटलमा हेल्थ डेस्क राखिएको छ ।