• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लागु औषधसहित तीन जना पक्राउ

राजविराज, ९ चैत्र । सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका–६ मगरबस्ती टोल स्थितमा ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरी टोलीद्वारा चेकजाँचका क्रममा लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पूर्व–पश्चिम लोकमार्गमा स. ४ प. ६३६७ नम्वरको मोटरसाइकलमा सवार तीन जनालाई चेकजाँच गर्ने क्रममा अवैध रुपमा प्लास्टिकको कालो झोलामा लुकाई–छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर १२ का २४ वर्षिय दिलिप प्रसाद घिमिरे, २६ वर्षिय बिरेन्द्र चौधरी र २२ वर्षिय कालु चौधरीलाई पक्राउ गरिएको छ ।
उनीहरुको डाइजोपाम–४६ पिस, ब्रुफेनोर फिङ्ग ४६ पिस र प्रोमोथा जाइम–४६ पिस गरी जम्मा एक सय ३८ पिस बरामद गरिएको छ । पक्राउ परेको लागुऔषध, मोटरसाइकल र तीनै जनालाई आवश्यक कार्वाहीकालागि ईलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिएका छन् ।