• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

अडियो टेप प्रकरणः राजपा सप्तरीद्वारा सिंहलाई पार्टीबाट निष्कासन

‘सिंहले राजपाका केन्द्रिय अध्यक्ष मण्डललाई बद्नाम गर्ने गरी फोन टेपमा अनर्गल वक्तव्यवाजी गरेको प्रति जिल्ला अध्यक्ष मण्डलको गम्भिर ध्यानाकर्षण भएको छ ।’
अडियो टेप प्रकरणः राजपा सप्तरीद्वारा सिंहलाई पार्टीबाट निष्कासन

राजविराज, ०८ चैत्र । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल जिल्ला कार्य समिति सप्तरीले सुरजित सिंह ‘गुड्डु’ लाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीका जिल्ला संयोजक हरेराम यादवले शनिवार जारी गर्दै तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ४ कोइलाडी निवासी सिंहलाई पार्टीबाट निष्कासन गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘सिंहले राजपाका केन्द्रिय अध्यक्ष मण्डललाई बद्नाम गर्ने गरी फोन टेपमा अनर्गल वक्तव्यवाजी गरेको प्रति जिल्ला अध्यक्ष मण्डलको गम्भिर ध्यानाकर्षण भएको छ ।’
पार्टीका केन्द्रीय अध्यक्ष मण्डलको चरित्र हत्या गर्ने गरी पार्टीको हित एवम् भावना विपरित सिंहको अभिव्यक्तिले सिंगो पार्टीलाई नै क्षति पुर्याएको विज्ञप्तिमा उल्लेख छ । पार्टीको जिल्ला अध्यक्ष मण्डलको शुक्रवार बसेको बैठकले पार्टी अनुशासन विपरित कार्य गरेको ठहर गर्दै सिंहलाई सोही मितिदेखि लागु हुने गरी पार्टीको साधारण सदस्यताबाट समेत निष्कासन गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाएको छ ।