राजविराज, ०८ चैत्र । सप्तरीका एक युवक अपहरणमा परेका छन । अपहरणमा परेका बोदे बरसाईन नगरपालिका वडा नम्वर ८ काचनका २७ वर्षीय महेशकुमार यादव घर फर्किएपछि घटना बाहिरिएको हो ।
गत शुक्रवार साँझ वडा नम्वर १० अमरैयाका ३२ वर्षीय राजेशकुमार यादवसहित पाँच जनाले आफुलाई कुटपिट गर्दै अपहरण गरेको यादवको आरोप छ । राजमिस्त्री (घर बनाउने मिस्त्री) रहेका महेशलाई उनीहरुलाई घर बनाउने विषयमा कुरा गर्न देउरी भन्ने स्थानमा बोलाएर पेस्तोल देखाएर कुटपिट गर्दै मोटरसाइकलमा बसाएर विहार राज्य मधुबनीस्थित करयौत पुर्याएको यादवको भनाई छ ।
उनले सो स्थानमा आफ्नो नाता सम्वन्धमा पर्ने व्यक्तिले गरेको आग्रहपछि मध्यराति आफुलाई छोडेपछि घर फर्किएको बताए । कुटपिटकै क्रममा उनीहरुले आफुसँग रहेको ४० हजार रुपैयाँ तथा मोवाइलसेट खोसेको यादवले जानकारी दिए ।
घटनामा प्रयोग गरिएको बीआर ५० जे ४२५४ नम्वरको मोटरसाईकल पीडित यादवले प्रहरीमा गराएको जानकारीअनुसार वडा नम्वर १० अमरैयाबाटै बरामद गरिएको जनाएको छ । ‘अपहरण नै हो भने उजुरी आएको छैन्’ ईलाका प्रहरी कार्यालय बोदेबरसाईनका इन्चार्ज चन्द्रबहादुर केरुनले भने–‘यादवले गराएको जानकारी अनुसार मोटरसाईकल बरामद गरी थप अनुसन्धान भईरहेको छ ।’
भिडियो हेर्नुहोस्ः