राजविराज, २३ फागुन । सप्तरीको तिरहुत गाउँपालिका वडा नम्वर ५ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालय लोहजराका प्रधानाध्यापक विदाई तथा स्व. मधुरी झखरैतको स्मृति ज्ञान पुरस्कार कार्यक्रम कार्यक्रम आयोजना गरियो ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष रमानन्द चौधरीले शिक्षा नै विकासको आधार भएकोले विद्यार्थीमा लगानी गर्न अभिभावकलाई आग्रह गरेका छन् । शिक्षा नै परिवार र समाजलाई परिवर्तन गर्न सक्ने आधार भएकोले सन्तानलाई शिक्षा नदिए भविष्य अंधकारमय हुने हुँदा शिक्षामा अनिवार्य लगानी गरी आफ्नो सन्तानको भविष्य उज्जवल बनाउन आग्रह गरे । विद्यालयका प्रधानाध्यापक चन्द्रनारायण यादव आफ्नो क्षमता र धैर्यताको परिचय दिँदै विद्यालयको स्तर र उन्नतीमा पु¥याएको योगदानको सराहना गर्दै विदाई गरेका छन् ।
यसैगरी स्व. मधुरी झखरैत जनता माध्यमिक विद्यालय लोहजाराका संस्थापक एवं जग्गा दाता समेत रहेकोले उनको सम्झनामा स्व. मधुरी झखरैत स्मृति ज्ञान पुरस्कार २०७६ स्थापना गरी कक्षा ८ मा अध्ययनरत गौरी कुमारी मण्डल र रिना कुमार यादवलाई जनही ७ सय नगद सहित कपी, कलम तथा सामान्य ज्ञानका स्टेशनरी प्रमुख अतिथी चौधरीले प्रदान गरेका छन् । दुवै छात्रा कक्षामा प्रथम र द्वितीय स्थान हासिल गरेका थिए ।
यसैगरी अनिवार्य आवकाश प्राप्त प्रधानाध्यापक यादवलाई शिक्षामा पु¥याएको योगदानको कदर गर्दै सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको छ । शिक्षामा महत्वपूर्ण योगदान पु¥याएका विद्यालय संस्थापक स्व. झखरैतको सम्मान मरणोपरान्त दाता परिवारका छोरा डम्बर नारायण झखरैतलाई सम्मान पत्र सहित दोसल्ला ओढाई प्रमुख अतिथी चौधरीले सम्मानित गरेका छन् ।
निमित्त प्रधानाध्यापक रामरुप मेहताको अध्यक्षतामा सम्पन्न विदाई तथा पुरस्कार वितरण कार्यक्रममा अधिवक्ता सत्यनारायण मेहता, उच्च मावि डिमनका प्रधानाध्यापक कपलेश्वर यादव, भुपु प्रधानाध्यापक शुभनारायण यादव, निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र साह, प्रधानाध्यापक चन्दनारायण यादव लगायतले छात्र–छात्राको उज्जवल भविष्यको कामना गर्र्दै शिक्षामा योगदानको सरहना गरेको पुरस्कार वितरण समितिका अध्यक्ष एवम् विद्यालयका संस्थापक स्व. झखरैतका नाती दिनानाथ यादवले बताए ।