उमेशकुमार साह
बोदे बरसाईन, १९ फागुन । सप्तरीमा सञ्चालित पसलहरुमा असुरक्षा बढेको छ । पहिले पहिले राति मात्र चोरीका घटना भएको सुनिन्थ्यो, तर हिजोआज दिउँसै चोरी भएको सुनिन् थालेको छ । व्यवसायी कारोवारमा व्यस्त रहेको बेला आँखै अगाडीबाट सरसमान चोरी हुन थालेपछि व्यवसायीहरुलाई दुुखि तुल्याएको छ ।
उसो त चोरीका घटनाले सवैकालागि टाउको दुखाईको विषय हुन्छ नै । एकतर्फ त्यस्ता घटनाले व्यस्त जीवन शैलीलाई पनि त्यति नै प्रभावित गरिरहेको हुन्छ भने अर्कोतर्फ त्रास पनि बढाईरहेको हुन्छ नै । पछिल्लो पटक आइतवार दिउँसै सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ मुख्य बजारमै रहेको पसलबाट चोरी भएको छ ।
मुख्य बजारमै मिथिलेशकुमार यादवले सञ्चालन गरेको ‘यधुराज ट्रेडर्स सुन चाँदी’ पसलबाट चोरी भएको हो । एक व्यक्तिले सो चोरीका घटना घटाइएपनि सो चोरी भने सीसीटिभीमा कैद भएको छ । सीसीटिभी फुटेजअनुसार एक व्यक्ति पसलमा झिरेर सञ्चालकसँग केही बेर केही समान खरिद गर्ने विषयमा कुराकानी गर्दैछन् ।
पसलमा अन्य ग्राहकहरुको चाप पनि त्यति नै छ । पसल सञ्चालक पनि अन्य ग्राहकहरुलाई सेवा दिन व्यस्त रहेको मौका छोपेर अगाडीको मागमा राखिएको मोवाइल उठाएर ती व्यक्तिले केहि बेर चलाउने जस्तो गर्छन् र गोलीमा हालेर पसलबाट बाहिरिएको सीसीटिभीको दृष्यमा देखिएको छ ।
पसल सञ्चालक यादवका अनुसार सो व्यक्ति पहिले पटक पसलमा ग्राहकको रुपमा आएको थियो । यसअघि कहिले पनि उनलाई नदेखेको चिन्न समस्या भएको सञ्चालक यादवको भनाई छ । आखिर को हुन् ती व्यक्ति? अहिलेसम्म सवैकालागि एउटा प्रश्न मात्रै बनेको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय बोदे बरसाईनमा जानकारी गराइएको छ भने प्रहरीले पनि सो व्यक्तिको खोज तलाश जारी राखेको जनाएको छ ।
सप्तरी
सुनचाँदी पसलबाट चोरी गर्ने सीसीटिभीमा कैद भएपछि…(भिडियो हेर्नुहोस्)
आखिर को हुन् ती व्यक्ति?