• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

ट्रिपरको ठक्करले एक भारतीय नागरिकको मृत्यु, एक दर्जन व्यक्ति घाइते

ट्रिपरको ठक्करले एक भारतीय नागरिकको मृत्यु, एक दर्जन व्यक्ति घाइते

उमेशकुमार साह
राजविराज, ०६ फागुन । सप्तरीको बोदे बरसाईन नगरपालिकामा मङ्गलवार विहान सडक दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ भने दुर्घटनामा एक दर्जना व्यक्ति घाइते भएका छन ।
बोदे बरसाईन–विसनपुर सडकखण्ड अन्तर्गत वडा नम्वर २ बैरियाँस्थित दक्षिततर्फ गईरहेको ना १ च ५५२७ नम्बरको ट्रिपरले विपरित दिशाबाट आउँदै गरेको स १ प ३७९५ नम्बरको टेम्पोलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा टेम्पोमा सवार विहार राज्यको अररिया जिल्लाको मटीयारीका २६ वर्षीय मो.सदाम हुसेनको मृत्यु भएको डिएसपी तिलक भारतीले जानकारी दिए ।
विहार राज्यको अररिया जिल्लाको मटीयारीका मो. बाजुदिन, आहमदावादका ३२ वर्षीय मो. फुलतान घाइते भएका छन । यसैगरी, सप्तरीको महादेवा गाउँपालिका वडा नम्वर १ का ४० वर्षीय मो. सलिमउद्दिन, १२ वर्षीय मो.अख्तर, १० वर्षीय मो.दविल, ६ वर्षीय मो. आशिक, ३५ वर्षीया मुनिया खातुन र सोही ठाउँका ९ वर्षीय मो. अनबर घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरु सवैको अवस्था समान्य रहेपनि नाम खुल्न नसकेकी करिब ४५ वर्षीया मुस्लिम समूदायकी एक महिलाको दुर्घटनामा परेर टाउको फुटेको छ । उनको अवस्था चिन्ताजनक रहेकोले उपचारकोलागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । यसैगरी, मो.अख्तरको पनि अवस्था गम्भिर रहेको छ भने अन्य समान्य घाइतेहरुलाई उपचारकोलागि पठाइएको छ ।