• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

यातायात व्यवसायीको मनलाग्दीविरुद्ध प्रजिअलाई ध्यानाकर्षण

अझै कार्यान्वयन नभए सडक सघर्ष थाल्ने चेतावनी
यातायात व्यवसायीको मनलाग्दीविरुद्ध प्रजिअलाई ध्यानाकर्षण

राजविराज, ०६ माघ । नेपाल सरकारले विद्यार्थीकालागि यातायातको भाडादरमा गरेको सहुलियत सप्तरीमा अझैसम्म कार्यान्वयनमा नआएको भन्दै विद्यार्थी जनमत संघ सप्तरीले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ ।
संघका केन्द्रिय सदस्य रमेशप्रसाद यादवले सोमवार प्रमुख जिल्ला अधिकारी सुनील खनाललाई सो ध्यानाकर्षण पत्र वुझाएका हुन् । ध्यानार्षण पत्रमा विद्यार्थीलाई यातायातमा सहुलियत स्वरुप सरकारले उपलब्ध गराउने भनिएको ४५ प्रतिशत छुट अझैसम्म सप्तरीका यातायात व्यवसायीहरुले नदिने गरेको उल्लेख छ ।
विद्यार्थीलाई सहुलियत उपलब्ध गराउनुपर्नेतर्फ ध्यान पुर्याउन ध्यानाकर्षण पत्रमा माग गरिएको छ । साथै विद्यार्थीहरुमाथि यातायातमा भईरहेको अपमान, गाली बेइज्जतिलाई नियन्त्रण गर्न समेत ध्यानाकर्षण गराइएको छ भने यातायातमा बज्ने गरेको अश्लिल गीतसंगीत नियन्त्रण गर्न पनि माग गरिएको छ ।
ध्यानाकर्षण पत्र वुझाएपछि न्युज टुडेसँग कुरा गर्दै संघका केन्द्रिय सदस्य यादवले भने–‘पहिलो चरणमा हामीले ध्यानाकर्षण गराएको हो, यस विषयमा सिडियो साब पनि सकारात्मक नै हुनुहुन्छ, यातायात व्यवसायीहरुलाई राखेर समस्या समाधान गराउने आश्वासन पनि सिडियो साबसँग पायो ।’ यद्यपी, कार्यान्वयन नभएको खण्डमा सडक सघर्ष थाल्ने हाम्रो तयारी छ, उनले भने ।