• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जुनियर वन प्राविधिक संघको प्रथम अधिवेशन सम्पन्न

जुनियर वन प्राविधिक संघको प्रथम अधिवेशन सम्पन्न

बृजमान तामाङ
बिरेन्द्र बजार, २२ पुस । जुनियर वन प्राबिधिक संघ सप्तरीको अधिवेशन शनिबार सम्पन्न भएको छ ।
जुनियर वन प्राविधिक संघ सप्तरीका अध्यक्ष बिनोद कुमार यादवको अध्यक्षता तथा डिभिजन बन कार्यालय सप्तरीका प्रमुख जिल्ला वन अधिकृत संतोष कुमार झाको प्रमुख आतिथ्यमा एक समारोहका बीच अधिवेशन सम्पन्न भएको हो । कार्यक्रम शुभकामना मनतब्य व्यक्त गर्दै जिल्ला बन अधिकृत झाले वन प्राविधिकहरुको कार्यदक्षताले वन संरक्षणमा टेवा पुगेको बताए । उनले अधिबेशन पुर्ण रुपले सम्पन्न होस भन्दै शुभकामना समेत व्यक्त गरे।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झाले जिल्लाका बन प्राविधिकहरु सङ्गठित भएको भन्दै खुशी व्यक्त गरे । कर्मचारीहरुको ठुलो संघर्षले राष्ट्रसेवक कर्मचारी संगठित हुने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले पेशागत हक अधिकारका निम्ति एकजुट हुन आग्रह गरे ।
जुनियर बन प्राविधिक संघका महासचिव अशोक झाले वन संरक्षणमा वन प्राविधिकहरुको योगदान अबिस्मरनिय रहेको बताए । उनले बन प्राबिधिकहरुले श्रोत साधनको अभावले चाहेर पनि भनेजस्तो कर्तव्य निर्बाह गर्नु नकेको बताए ।
शम्भुनाथ सब–वन कार्यालय रुपनीमा आयोजित अधिवेशनको उद्घाटन कार्यक्रममा वन प्राविधिक संघका केन्द्रिय सह–सचिव उमेश यादव, मधेसी कर्मचारी मंचका केन्द्रिय उपाध्यक्ष सचेन्द्र प्रसाद यादव, डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्ष्मण साफी, शम्भुनाथ सव बन कार्यालय रुपनीका प्रमुख सहायक वन अधिकृत चतुर नारायण साह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । वनरक्षक फुदन यादवद्वारा सञ्चालित कार्यक्रममा स्वागत सुमनकान्त झाले गरे ।
यसैबीच शनिबारै सम्पन्न बन्द शत्रले पुनः बिनोद कुमार यादवको अध्यक्षतामा ९ सदस्य सर्वसम्मत जिल्ला कार्यसमिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा अजय कुमार झा, सचिवमा अतुल सुहान, सह सचिवमा जाल महमद मन्सुर, कोषाध्यक्षमा दुर्गानन्द मण्डल चयन भएका छन् । समितिको सदस्यमा रामनारायण साह, रामसुन्दर यादव, रामनारायण भगत र कमल महतोलाई चयन गरिएको छ ।