• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गापा कार्यालयसँगै जोडिएको तीन घरमा हात्तीद्वारा तोडफोड

गापा कार्यालयसँगै जोडिएको तीन घरमा हात्तीद्वारा तोडफोड

बृजमान तामाङ
बिरेन्द्र बजार, २१ पुस । जङ्गली हात्तीद्वारा आईतवार राती सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाको कार्यालयसँगै जोडिएको बस्ती पसेर तीनवटा घरमा तोडफोड गरेको छ ।
मध्यरातमा आएको हात्तीले अग्निसाईर कृष्णासवरन गाउँपालिका कार्यालयसँगै जोडिएको वडा नम्बर दुईमा १ र वडा नम्बर ४ का २ घर गरि ३ वटा घरमा तोडफोड गरि लाखौंको धनमाल क्षति गरेको हो । तीन वटाको समुहमा आएको हात्तीले चामल, तोरी, तरकारी दाल, फर्निचर, घर र तरकारी बाली गरि ६० हजार बढीको धन सम्पत्ति खाएर र कुल्चेर नष्ट गरेको पीडित दिपक खड्काले बताए ।
हात्तीले खानको लागि जोहो गरेर राखेको अन्न सखाप परेपछि खड्काका ६ परिवरलाई हातमुख जोड्न समस्या भएको स्थानीय मिलन चौधरीले बताए । यसैगरी सोही हात्तीको समूहले राजन पौडेलको अन्नपात घर भत्काउदा ४० हजार भन्दा बढी क्षति गरेको छ । हात्तीले टंक पौडेलको भान्सा घर तोडफोड गरि ३० हजार भन्दा बढी क्षति गरेका छ्न । हात्तीले कार्यपालिका कार्यालय नजिक जोडिएको बस्तीमा पसेर लाखौ क्षति गरेको स्थानीयले जानकारी गराएपछि गाउँपालिका अध्यक्ष पर्शुराम चौधरी र वडा नम्बर २ का अध्यक्ष पशुपति चौधरीले स्थलगत निरीक्षण गरेको छ । पीडित परिवारलाई भेटेर क्षतिबारे जानकारी लिदै सहयोग गर्ने आसवासन दिएको स्थानीयले जानकारी गराएका छन् ।
स्थानीयबासीका अनुसार ७ वटा हात्तीको समूह बस्ती नजिकैको जङ्गलमा र राती आहाराको खोजीमा घर तोडफोड गर्छन् । जंगली हात्तीले दिनहु दर्जनौं घर तोडफोड गरि लाखौं क्षति गरि जनजीवन आतङ्कित पार्दा समेत नियन्त्रणप्रति कसैले चासो नदिएको पीडितहरुले गुनासो गरेका छन् ।