• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

चर्चित नायिका र गायिका अन्जु छठ गीतमा व्यस्त

चर्चित नायिका र गायिका अन्जु छठ गीतमा व्यस्त

राजविराज, १० कार्तिक । चर्चित नायिका डोली सरकार र गायिका अन्जु यादव यतिबेला छठ गीत तयारीमा जुटेकी छिन् ।
कलाप्रेमीहरुले औधी रुचाएका दुवै चर्चित कलाकारलाई छठ पर्व लक्षित म्युजिक भिडियो तयारी गर्न हतारो भएको हो । जननी फिल्म्सको ब्यानरमा सार्वजनिक ‘सुमिरन मैयाके’ पश्चात पुनः नायिका डोली र गायिका अन्जु एकसाथ म्युजिक भिडियोमा आउन लागेकी छिन् ।
सिद्धस्त गीतकार अशोक दत्तको गीत रचना रहेको ‘दियौ आशिष भक्तके हे छठी मैया’ बोलको गीतको छायाङ्कन सम्पन्न सम्पादन भईरहेको निर्देशक समेत रहेकी मोडेल डोली सरकारले जानकारी दिईन् । उनका अनुसार गायिका अन्जु यादवको सुमधुर स्वरमा सजिएको उक्त गीतमा यूवा सङ्गीतकार दिपेन्द्र रामले सङ्गीत भरेका छन् । राजविराज स्थित युनाइटेड स्टुडियोमा रेकर्डिङ्ग गरिएको उक्तको छायाङ्कन एवम् प्रेम राउतले गरिरहेका छन् ।
यसैगरी ‘जल्दी जल्दी चलु छठ घाटपर, आब होइय अबेर’ बोलको गीतको समेत तयारी भईरहेको जनाईएको छ । अशोक दत्तकै शब्द रचना रहेको उक्त गीत जनकपुरधाम स्थित नटराज प्रोडक्सन स्टुडियोबाट चर्चित सङ्गीत रोशन मिश्राले सङ्गीत दिएका छन् । गायिका अन्जु यादवले राजविराज स्थित युनाइटेड स्टुडियोमा आइतवार गीत रेकर्ड गराएकी छिन् । उक्त गीतमा समेत चर्चित नायिका डोली ले मोडडिङ्ग तथा प्रेम राउतले छायाङ्कन एवम् सम्पादन गरिरहेका छन् ।
हालसम्म सार्वजनिक भएका छठ गीतहरुमध्ये दुवै गीत पूर्ण रुपमा मौलिक रहेकोले दर्शकहरुले औधी मन पराउने युनाइटेड स्टुडियोका सञ्चालक समिति सदस्य समेत रहेका चर्चित गीतकार भूषण सिंह ‘भँवर’ले टिप्पणी गरेका छन् । अरुको गीतको कपी वा प्यारोडी बनाउनु भन्दा आफ्नै मौलिक गीत सङ्गीतले प्रोत्साहन पाउनुपर्नेमा जोड दिँदै उनले भने ‘प्यारोडी गायनले मैथिली गीत सङ्गीतको मौलिकता तथा श्रृजनशीलता समेत हराउँदै गरेकोले यसलाई निरुत्साहित गर्नु आवश्यक छ ।’
नायिका डोली र गायिका अन्जुको कम्बिनेशनमा आउनलागेको दुवै छठ गीतको कोरियोग्राफी नायिका डोलीले स्वयम् गरिरहेकी छिन् । दुवै छठ गीतको निर्माणमा मैथिली साहित्य परिषद् राजविराजका उपाध्यक्ष श्यामसुन्दर यादवले सघाएका छन् । गीतको सम्पादन कार्य सम्पन्न भईसकेपछि जननी फिल्म्स नामक यु–ट्युब च्यानलबाट सार्वजनिक गरिने गायिका अन्जु यादवले जानकारी दिएकी छिन् ।