• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

दोश्रो मेयर गोल्डकपको उपाधिमाथि सिरहाको कब्जा

दोश्रो मेयर गोल्डकपको उपाधिमाथि सिरहाको कब्जा

राजविराज, २९ असोज । वडादशैंको अवसरमा सप्तरीको बोदे वरसाइन नगरपालिकामा सञ्चालित ‘दोश्रो मेयर गोल्डकप २०७६’ उपाधि धनगढीमाई युवा क्लव जिरोमाइल सिरहाले हात पारेको छ ।
वडा नम्वर ५ स्थित खेलमैदानमा मंगलवार सम्पन्न फाइनल खेलमा बेङ्गखाडी युवा क्लव महोत्तरीलाई पराजित गर्दै सिरहाले उपाधि हात पारेको हो । ४०/४० मिनेटको खेलमा सिरहाले १ विरुद्ध २ गोल अन्तरले महोत्तरीलाई पराजित गरेको आयोजकलाई उदृद्ध गर्दै स्थानीय सञ्चारकर्मी उमेशकुमार साहले जानकारी दिए ।


साहका अनुसार सिरहा टिमका रितिक खड्काले १ विरुद्ध २ गोल गरेर टिमलाई जित दिलाएका हुन् । महोत्तरी टिमबाट सनम अलिले १ गोल गरेका थिए । फाइनल खेलपछि आयोजित एक समारोहकाबीच विजेता र उप विजेता टिमलाई पुरस्कार वितरण गरिएको छ ।


पूर्व कृषिमन्त्री एवम् राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवको प्रमुख अतिथ्यमा आयोजित समारोहमा विजेता सिरहा टिमलाई ८१ हजार रुपैयाँ र कप तथा उप विजेतालाई ५५ हजार रुपैयाँ र कप प्रदान गरिएको छ ।
विजेतालाई पूर्वमन्त्री यादव र उप विजेतालाई खेलकुद समितिका अध्यक्ष संतोषकुमार सिंहले पुरस्कार राशि तथा कप हस्तान्तरण गरेका हुन् । प्रतियोगितामा उत्कृष्ट उद्घोषण गरेका शिक्षक जितेन्द्र प्रसाद गुप्तालाई बेस्ट ‘एन्कर अवार्ड’ प्रदान गरिएको जनाएको छ ।