• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

साह पार्टीमा आवद्ध छैन् : समाजवादी पार्टी सप्तरी

साह पार्टीमा आवद्ध छैन् : समाजवादी पार्टी सप्तरी

राजविराज, २५ असोज । समाजवादी पार्टी सप्तरीले चिनियाँ राष्ट्रपति सि चिनपिङको नेपाल भ्रमणको क्रममा विरोध गर्नसक्ने आशंकामा पक्राउ परेकी सुनिता साह पार्टीको साधारण सदस्य समेत नरहेको स्पष्ट पारेको छ ।
शनिवार पार्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले विज्ञप्ति जारी गर्दै पार्टीसँग कुनै आवद्धता नरहेको व्यक्तिको नाम पार्टीसँग मुछेर विभिन्न संचार माध्यममा आएको समाचारप्रति आपत्ति जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ राष्ट्रपति सि चिनपिङको नेपाल भ्रमणको पूर्व संध्यामा विरोध गर्ने आशंकामा सप्तरीबाट पक्राउ गरेकी साह पार्टीको कुनै जिम्मेवारीमा नरहेको तथा पार्टीको नाम मुछेर नेतृ साह पक्राउ भनेर विभिन्न संचार माध्यममा आएको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको छ ।’


विगत केही दिनदेखि नै पार्टी विपरित क्रियाकला गर्दै आएको र पार्टीको सदस्य समेत नरहेको साहलाई प्रहरीले नियन्त्रणमा लिएपछि पार्टीसँग जोडेर सिङ्गो पार्टीको बदनाम हुने गरी समाचार आएको भन्दै विज्ञप्तिमा आपत्ति जनाएको छ ।
महानगरीय प्रहरी वृत्त कमलपोखरीमा साह विरुद्ध अभद्र व्यवहारको मुद्दा परेको भन्दै प्रहरीले शुक्रवार अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष साहलाई राजविराज नगरपालिका–६ खर्सालटोल स्थित निवासबाटै पक्राउ गरेको थियो ।
साहमाथि आवश्यक अनुसन्धानका लागि काठमाण्डौं पठाउने सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताए । यद्यपी, चिनियाँ राष्ट्रपति सि चिनपिङको नेपाल भ्रमणको क्रममा विरोध गर्नसक्ने आशंकामा साहलाई पक्राउ गरेको विषयमा भने प्रहरीले खुलाएको छैन् ।