राजविराज, २४ असोज । ६४ औं प्रहरी दिवशको अवसरमा शुक्रवार सप्तरीमा पनि प्रभात फेरी ¥यालीको आयोजना गरिएको छ ।
प्रदेश २ प्रहरी तालिम केन्द्र जनकपुर, सम्पर्क कार्यालय राजविराज र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रभात फेरी ¥याली निकालिएको हो । ¥याली पश्चात आयोजित कार्यक्रममा कार्यक्रममा सम्पर्क कार्यालय राजविराजमा उत्कृष्ट कार्य गर्ने प्रहरीलाई पुस्कृत गरिएको छ भने अमर प्रहरी परिवारका सदस्यहरुलाई सम्मान समेत गरिएको छ ।
जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनील खनाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) कृष्ण प्रसाईं, शसस्त्र प्रहरी बलका डिएसपी उद्वव न्यौपाने, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक तिलक शर्मा प्रसाईं, अमर प्रहरी परिवारका सदस्य, विभिन्न संघ सस्थाका प्रतिनिधि, समाजसेवी, वुद्धिजिवी लगायतको उपस्थिति थियो ।