राजविराज, २९ साउन । सप्तरीको बोदे वरसाइन नगरपालिका–७ मानराजामा अनटेष्ट मोटरसाइकलले ठक्कर दिदाँ मङ्गलवार एक वृद्धाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ गईरहेको मोटरसाइकलले ठक्कर दिदाँ सोहि ठाउँकी ७० वर्षीया फगुनी दासको मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाइते भएकी दासको उपचारको लागि सिरहा स्थित लहान लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने चालकको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।