राजविराज, १६ साउन । कपिलवस्तुमा बिहिवार सत्तारुढ समाजवादी पार्टी नेपालका एक नेतामाथि गोली प्रहार भएको छ ।
शुद्धोधन गाउँपालिका–३ स्थित वेती नदीको सिवलवा पुल नजिकै नेतामाथि गोली प्रहार भएको हो । अज्ञात समूहको गोली प्रहारबाट वडा नं. ५ हथिहवा निवासी रामनयन यादव घाइते भएका छन् । घाइते यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका अज्ञातधारी दुई व्यक्तिको खोजी तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
सत्तारुढ दलका क्रियाशिल नेता यादव गाउँपालिका अध्यक्ष पदका प्रत्यासी समेत रहिसकेका छन् ।